झाडापखाला पीडितलाई होन्डा स्वरुपमको पानी सहयोग



तुलसीपुर १४ जेठ ।
शान्तिनगर गाउँपालिकाका झाडापखाला पीडितलाई तुलसीपुरको होन्डा स्वरुपमले पानी सहयोग गरेका छ । आईतबार शान्तिनगर पुगेर ५० कार्टुन मिनरल वाटर (पानी) सहयोग गरेको हो । झाडापखाला पीडित क्षेत्रमा पानीको हाहाकार रहेकाले उनीहरुको राहात स्वरुप पानी सहयोग गरिएको स्वरुमका सञ्चालक दिपेश भण्डारीले बताए । दुःख परेको बेला सहयोग गर्नुनै मानबीय धर्म भएकाले पीडितहरुको घाउमा मलहम पट्टीलगाउन आफुले पानी सहयोग गरेको बताए । मुहानबाट फोहोर पानीकै कारण झाडापखालाको महामारी फैलिएको भन्दै यस्तो बेला पीडितलाई पानी उपलब्ध गराउनु धर्म भएको उनको भनाई थियो । शान्तिनगरमा शुक्रबार देखि शुरु भएको महामारीले गर्दा एक हजार बढि नागरिक प्रभाबित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्