मेनपावर व्यवसायीप्रति सरकार किन यति धेरै कठोर ?



यादव सैघाली

श्रम तथा रोजगार मन्त्रालयले अबको केही दिनमै वैदेशिक रोजगार व्यवसायीहरुकोलागि नमिठो निर्णय गर्दैछ । जुन निर्णय म्यानपावर व्यवसायीहरुको हितमा पटक्कै हुने छैन । सरकारको यो निर्णयले आगामी दिनमा मेनपावर व्यवसाय स्थापना गर्न निकै ठूलो लगानी गर्नु पर्नेछ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले हिजोमात्र व्यवसायीहरुलाई मन्त्रालयमा बोलाएर यसबारेमा जानकारी पनि दिएका छन् । तर मन्त्री बिष्टको यो निर्णयमा म्यानपावर व्यवसायी रुष्ट छन् । म्यानपावर व्यवसायी भन्छन् मन्त्री बिष्टको यो निर्णयले उनि त लोकप्रिय बन्लान् तर उक्त निर्णय लागु भएपछिको परिणामबारे जिम्मेवारी कस्को ?

सरकार कुनै पनि हालतमा यो निर्णय लागु गरेरै छाड्ने अडानमा छ भने व्यवसायी यो निर्णय कुनै पनि हालतमा मान्य नहुने पक्षमा छन् । अब तपाई आफै भन्न्स सहमति र सहकार्य बिना लिएको निर्णयको परिणाम के ?

सरकारले गरेको निर्णय अनुसार अब २ करोड धरौटी राखेर मात्र मेनपावर खोल्न पाइने छ । यदि यो नियम लागु भयो भने अहिलेको भन्दा ३ गुणा बढी पैसा तिरेर मात्र बिदेश जान पाइने छ । जस्तै फुटपाथ भन्दा सटरमा ब्यापार गर्नेले सामान महँगोमा बेच्छ । अझ मार्ट र सुपरमार्केट वालाले त झन तेब्बर महँगो गरेर सामान बेचिरहेको हुन्छ ।

लेखक

लगानी अनुसारको फल त जस्लाई पनि चाहिन्छ । सरकारले मेनपावर व्यवसाय केवल पैसा हुनेले मात्र गर्न पाउने जुन नियम बनाउँदैछ, यसबाट सरकार र जनतालाई फाइदा भन्दा घाटा नै हुनेछ । धरौटी मात्र बढाएर मेनपावरहरु व्यवस्थित हुँदैनन मन्त्री ज्यू । यो हुने खानेले मात्र व्यवसाय गर्ने अर्को खतरनाक सिन्डिकेट हो ।

मेनपावर व्यवसायबाट बिगतमा अकुत सम्पती कुम्ल्याएकाहरुले कालोधनलाई सेतो बनाउने हेतुले उनीहरुले दिएको सुझावको आधारमा यस्तो निर्णय गरिएको शंका हामलिाई लागिरहेको छ । जस्ले लगानी गर्छ उस्ले स्वभाविक रुपमा लगानी अनुसारको फाइदा लिने त व्यवसायको नियम नै हो । कडाई गर्ने यस्तो निर्णयले भारतीय खुल्ला नाकाबाट हुने मानब तस्करी झन मौलाउने छ । कोहीले ट्राभल र कन्सल्टेन्सीको आडमा व्यवसाय गर्ने छन ।

वर्तमानको भन्दा तेब्बर रकम असुलेर बिदेश पठाउने क्रम बढ्नेछ । नत्र म्यानपावर व्यवसाय गर्न कोही पनि व्यवसायिले २ करोड नगद ब्याजमा लिएर बिना ब्याज धरौटी राख्ने आँँट गर्ने छैन । यो हुने खानेको मात्र पक्षपोषण गर्ने कम्युनिस्ट सरकार नभइ कमाउनिस्ट सरकार हुनेछ । मन्त्री ज्यू, हजुरले लोकपृयता कमाउँदा नेपालको वैदेशिक रोजगार व्यवसाय नै शुन्यमा जाने खतरा भयो ।

यो चिन्ताको विषय हो ।. चेक गर्नुस्, नेपालको नाम चलेको मेनपावर कम्पनी जसले दिनमा कति पैसा उठाँउछन ? र कसरी कमाई गरेका छन ? ब्यवसाय चेक गर्नुस ? जसले फ्रि भिसा फ्रि टिकट भनेर कामदारको माग बारेको सूचना पत्रिकामा प्रकाशन गरेका हुन्छन् ।.मेनपावर व्यसायवालाहरूले नै भन्ने गर्छन् सर आजको पत्रिकामा यो डिमाण्ड फ्रिमा रहेछ मेरो भान्जालाई पठाउन प¥यो । त्यसपछि सर फोनमा कुरा गर्न मिल्दैन यतै आउनुस कार्यालयमै बेसेर कुरा गरौंला ।

के गरौं हजुर ? भन्दा लगानी कति हो ? भनेर सोध्यो भने ८० हजार नभनेर ८० किलो हो भनेर सांकेतिक भाषामा बोल्छन् । फ्रि भिसा भनेर त पत्रिकामा हाम्रो सरकारी कोटा पूरा गरेको मात्र भनेको हो भन्छन । मन्त्री ज्यू, अब तपाई नै भन्नुस् २ करोड धरौटी राखेर मात्र मेनपावर व्यवसाय खोल्न पाउने तपाईंको निर्णयले न त जनतालाई राहत हुन्छ, न त व्यबसायीलाई । अब हजूर आपैm पत्ता लगाउनुस माननीय मन्त्री ज्यू, यो वास्तविक कुरा हो या होईन ? त्यसकोलागि तपाईंले मेनपारमा सीआईबी खटाउनुस । र थाहा पाउनु हुनेछ वास्तविक कुरा के हो भनेर ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्