गणतन्त्र दिवसको अबशरमा कति जना कैदीलाई आममाफी दिइदैछ त



काठमाण्डौ १४ जेठ ।

सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने निर्णय गरेको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार नेपालको संविधानको धारा २ सय ७६ अनुसार माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको पनि नाम रहेको भएपनि यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेशसमेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुङ्गो लाग्ने सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

बैठकले स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने निर्णय गरेको छ । यस्तै संघीय संसदमा पेश भएको सरकारको आर्थिक वर्ष २०७५र०७६ नीति तथा कार्यक्रमलाई संसदबाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदलाई धन्यवाद दिने निर्णय गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्