नियन्त्रणमा आएन झाडापखाला



एक हजार तीन सय १० विरामी

गिरिराज नेपाली
दाङ, १४ जेठ । शान्तीनगर गाउँपालिकाको वडा नं. ३ र ४ मा शनिवार देखी फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । दुषित पानीका कारण फैलिएको झाडापखालाको महामारी गर्मी विरामीको सख्या थपिदै गइरहेको छ । विरामी संख्या बढ्दै गईरहेकाले स्वास्थ्य उपचार पनि समस्या बन्दै गईरहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय अनुसार हिजो आईतवार सम्म बेलका सम्म झाडापखालाका कारण एक हजार एक सय ९३ जना विरामी परेको थिए भने आज सोमवार विहान १० वजे सम्ममा एक सय १७ जना विरामी थप बढेको जनाएको छ । झाडापखाला नियन्त्रणमा आउन नसक्दा महामारीको जोखिम अझै बढ्दै गइरहेको छ ।

झाडापखाला नियन्त्रणका लागि स्थानीय स्वास्थ्य चौकी, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, सेनाको फिल्ड अस्पताल नेपालगञ्ज र १९ नम्बर बाहिनी तुलसीपुरको स्वास्थ्य टोलीले बिरामीको उपचार गरिरहेको छ। उपचारका क्रममा औषधी अभाव हुन नदिन पर्याप्त तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताउनुभयो । ‘ महामारी फैलन पाएको छैन , तर विरामी सख्या घटेको छैन । ’ – उहाँले भन्नुभयो । विरामीको सख्या बढ्दै गए पनि उपचारमा खासै समस्या नभएको उहाँले बताउनुभयो । विरामी सख्या बढ्दै गइरहेकाले एम्बुलेन्स लगाएतका अतिआवश्यक सेवाहरु तयारी अबस्थामा राखिएको पोख्रेलले जानकारी दिनुभयो ।

माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदुषण भएपछि ३ र ४ नम्बर वडामा झाडापखाला फैलिएको हो। पखालाबाट वडा नम्बर ३ का पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँहरु बढी प्रभावित भएको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले जानकारी दिनुभयो । खानेपानीको विकल्प नभएकाले प्रदुषित मुहानकै पानी पिउँदा पखाला नियन्त्रणमा आउन नसकेको उनले बताए। अधिकांश बिरामीहरु महिला र बालबालिका छन्। प्रत्येक घरमा कम्तिमा दुईजना बिरामी भएको डाँगीले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्