प्रदेश ३

सरकारमा जान फोरम तयार

By थाहा अनलाइन

May 28, 2018

सैघाली खबर काठमाडौँ , १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने भएको छ ।

नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उठाएको संविधान संशोधनको विषयलाई आपसी सहमति अनुसार संशोधन गरेर अघि बढ्ने लिखित सहमति गरेसँगै फोरम सरकारमा सामेल हुन लागेको हो।