उप-महानगरपालिकाको एक विद्यालय चन्दाको भरमा सञ्चालन



नवराज घिमिरे ,
तुलसीपुर १४ जेठ।

दाङको तुलसीपुर उप(महानगरपालिकाको एक विद्यालय चन्दाको भरमा सञ्चालन भैरहेको छ । आम्दानीको कुनै स्रोत नहुँदा तुलसीपुर उप(महानगरपालिका ३ मा रहेको आधारभूत विद्यालय प्रतापकोट चन्दाको भरमा चलेको हो ।

विद्यालयमा दरबन्दी अनुसार शिक्षकहरु नहुँदा समस्या रहेको छ । अहिले विद्यालय बिभिन्न टोल विकास संस्था, वन समूह तथा बिभिन्न संघसंस्थाले दिएको चन्दाको भरमा चलिरहेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताउनुभयो । प्रधानाध्यापक रानाका अनुसार यस्तै प्रत्येक घरबाट वार्षिक ८ सय रुपैयाँ उठाएर कार्यरत शिक्षकहरुलाई तलव खुवाउँदै आइएको छ ।

विद्यालयमा अहिले १० जना शिक्षक र १ जना परिचर गरी ११ जना कार्यरत रहेका छन् । जसमध्ये ५ जनालाई मासिक तलव खुवाउन स्थानीयबाटै स्रोत जुटाउने गरीएको छ ।उपमहानगरपालिका , जिल्ला शिक्षा कार्यालय र शिक्षक संगठनहरुलाई दरबन्दी मिलानका लागि पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको रानाले गुनासो गर्नुभयो ।

विद्यालयमा तुलसीपुर ३ का टुनापानी, नाउला, अम्बास, बल्ले, थापापानी, अविधारा ,सिस्नेरी, कल्ले,गैरनौला लगायतका स्थानबाट घण्टौ हिँडेर विद्यार्थीहरु पढ्न जाने गरेका छन् । सो क्षेत्रमा २ वटा कक्षा ५ सम्म का विद्यालय रहेपनि एउटा मात्रै कक्षा ८ सम्म को विद्यालय रहेको छ । विद्यालयमा करिब ३ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
यप

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्