कुसुमको ‘नव कुसुम’ सार्वजनिक ।।



सैघाली खबर/काठमाण्डौं, १४ जेष्ठ।
प्रवासी गायिका कुसुम दाहालको एल्बम् सार्वजनिक भएको छ । डेनमार्क बस्दै आएकी कुसुम दाहालले आफूले गाएका पाँच वटा गीतहरुलाई समावेश गरी ‘नवकुसुम’ नाम दिएर एल्बम् सार्वजनिक गरेकी हुन् । पछिल्लो समयका चर्चित संगीतकार भूपु पाण्डेद्वारा संगीतवद्ध सम्पूर्ण गीतहरुलाई पाँच भिन्न भिन्न गीतकारहरुले रचना गरेका हुन् ।

 

 

 

 

 

 

एल्बम्मा डा. कृष्णहरि बराल, भविन्द्र नेम्वाङ, मनोज केसी ‘समय’, पूर्णबहादुर बस्नेत र गोविन्द लम्सालका गीतहरु रहेका छन् । डेनमार्कलगायतका देशहरुका लागि नेपाली राजदूत युवनाथ लम्सालले आयोजित कोपनहेगनस्थित एक समारोहमा उक्त एल्बम्को विमोचन गरेका हुन् ।

कार्यक्रममा एन आर एन ए का अध्यक्ष यमलाल सुवेदी, जनसम्पर्क समितिका वीरेन्द्र सिंह कार्की, विभिन्न राजनैतिक दलका भातृ एवं भगिनी संघ, संगठनहरु, विभिन्न साँस्कृतिक मञ्चहरु, पत्रकार एवं अतिथि गणहरुको उपस्थिति रहेको थियो । एल्बम विमोचन समारोहमा गायिका कुसुम दाहालले एल्मब्मै समावेश दुई गीतहरु ‘म त गोरी गोरी छु रे’ र ‘झरी पर्ने साउनमा’ सुनाएकी थिइन् । कार्यक्रमको सञ्चालन देवश्री कोइरालाले गरेकी थिइन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्