रोयल तुलसिपुर र लमही किङसको बिजयी पछ्याउदै
लक्ष्मण बस्नेत
१३ जेठ दाङ । दङगाली क्रिकेट विकासका लागि दगांली युथ क्लवको आयोजा गरेका दाङ क्रिकेट लिग आईतवार देखि तुलसीपुरमा शुरु भएको छ । क्िरकेट प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिती दाङका प्रमुख जितेन्द्रमान नेपालीले गर्नु भएको हो ।
दाङ जिल्लामा क्रिकेटको ब्यवसायिक विकास एव विस्तार गर्ने र नया पिढीलाइ क्रिकेट खेलमा स्थापीत गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा घोराही ब्लास्टरलाई ३८ रनले पराजित गर्दै डिलाईट रोयल तुलसिपुरले बिजयी सुरुवात गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको रोयलले निर्धारित २०ओभरको समाप्तिमा आफ्ना ९ विकेटको क्षेतिमा १सय ५२ रन जोड्न सफल भयो । जसमा रोयल तुलसिपुरका विस्णु सिह ठकुरीले सर्वाधिक ६६ रनको योगदान दिए ।
त्यस्तै विजय भुसाल,सुरज खनाल र सन्देश पाण्डेले क्रमशः १७,१४ र ११ रनको योगदान दिए । वलिङ तर्फ घोराही ब्लास्टरका सुदिप नेपालिले सर्वाधिक ३ तथा रविन थापा र केशव झाक्रीले समान २र२ विकेट लिए ।
प्रति उत्तरमा १ सय ५३ रनको बिजयी लक्ष्य पाएको घोराही ब्लास्टरले २० ओभरको समाप्तिमा १० बिकेट गुमाउदै १ सय १४ रन बनाएको थियो । जसमा घोराही ब्लास्टरका याकुब मिया,अभिषेक गिरि र सुदिप नेपालीले क्रमशः ३१,३० र २० रन जोड्न सफल बनाएका थिए । बलिङ तर्फ रोयल तुलसिपुरका रमेश सिह पुन,बिष्णु सिंह ठकुरी र सुमन डागिले क्रमशः ३,२ र १ विकेट लिए । खेलमा ६६ रन ३ बिकेट लिन सफल बिस्णु सिह ठकुरी म्यान अफ म्याच घोषित भए ।
यस्तै भालुवाङ वारियर्सलाई पराजित गर्दै लमही किङसले आफ्नो पहिलो खेलमा बिजयी सुरुवात गरेको छ । उसले घोराही ब्लास्टरलाई सात रनले पराजित गरेको हो । यसैबीच प्रतियोगिता अन्तरगत सोमबार बिहान ९ बजे पछि अरनिको मैदान तुलसिपुरमा हुने पहिलो खेलमा रोयल तुलसिपुर र राईजिङ पुरन्धारा भिड्नेछ १ जिल्लामा पहिलो पटक अक्सन प्रक्रिया बाट खेलाडी तथा टिम छनोट गरि आयोजना गरिएको प्रतियोगिता जेठ १७ गते सम्म चल्नेछ ।
दाङका घोराही,तुलसीपुर,लमही, पश्चिम पुरन्धराका खेल मैदानमा खेलाईने प्रतियोगितालाई भब्य एव सभ्य तवरले सम्पन्न गर्नका लागि दाङका ६ स्थानलाई समेटेर टिमको नामाङकरण समेत गरिएको छ । जसअनुसार प्रतियोगितामा घोराही बलास्टर, रोयल तुलसिपुर, लमही किङस,गढवा लाईन्स,राईजिङ पुरन्धारा र भालुवाङ वारियर्स विच कडा प्रतिस्पर्धा हुनेछ ।
बिगतको खेल शैली भन्दा फरक शैलि अर्थात अक्सन प्रक्रियामा प्रतियोगिता सन्चालन गरिएकाले जिल्लाको लागी यो प्रतियोगिता नौलो मानिएको छ र प्रतियोगितामा प्रथम हुनेले ४० हजार नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेले २० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।
यसैबीच प्रतियोगिताको उद्घाटन समारोह आयोजक क्लबका अध्यक्ष कमल डागिको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालिको प्रमुख आतिथ्य एव दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डागि र दाङ क्रीकेट सघका अध्यक्ष प्रदिप मजगैयाको बिशिस्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा प्रमुख अतिथी,नेपाली,बिशिस्ट अतिथि डागी र मजगैयाले शुभकामना मन्तब्य राख्नु भएको थियो १ कार्यक्रममा खेलप्रेमी,खेलाडी, उधोगी,ब्यबसायी,पत्रकार लगाएतको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन क्लबका सचिव समीर वलिले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।