सरकार सर्वोच्चको आदेश विपरित जान खोज्यो ।।



सैघाली खबर/काठमाण्डौँ, १४ जेठ।
द्वन्द्वकालीन मुद्धामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाह नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेका छन् ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८ सय ४० कैदीको बाँकी कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । कैद मिनाह पाउने यो सूचीमा ढुंगेल पनि रहेको भन्दै द्वन्द्वपीडितहरुले विरोध गर्दै आएका छन् । ढुंगेललाई सरकारले आम माफी दिए न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जान आफूहरु बाध्य हुने द्वन्द्वपीडित सावित्री श्रेष्ठले बताइन् ।

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन । हत्या गरिएका उज्जनकी दिदी समेत रहेकी सावित्रीले सरकार सर्वोच्चको आदेश विपरित जान खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्