रोगले ग्रसित शिर्ष नेताहरु, कसलाई के रोग छ ?



सैघाली खबर/काठमाण्डौँ, जेठ।
स्वास्थ्य नै धन हो भन्ने उखान यत्तिकै चलेको होइन । मान्छे स्वस्थ हुनका लागि उसको तन र मन दुवै स्वस्थ हुनुपर्छ । स्वस्थ व्यक्तिको क्रियाकलाप सहज सामान्य र निर्णय क्षमता पनि राम्रो हुन्छ । देश सञ्चालनको जिम्मेवारी बोकेका नेताहरू शारीरिक र मानसिक दृष्टिले स्वस्थ हुन झनै आवश्यक छ ।

नेताको स्वास्थ्यसंग देश र जनताको स्वास्थ्य नै गासिएको हुन्छ समेत भनिन्छ । एउटा स्वस्थ्य र सकारात्मक सोंच भएको व्यक्तिबाट हुने निर्णय सकारात्मक नै हुने अपेक्षा गरिनु अन्यथा होइन पनि । ढल्किँदो उमेरका अधिकांश शीर्ष नेतालाई कुनै न कुनै रोगले गाँजेको छ । चिकित्सकहरुले पनि पछिल्लो नेतृत्वको स्वास्थ्य स्थितिप्रति बिशेष चासो देखाउदै नेताहरु लाइ स्वास्थ्य सम्बन्धि सुझाब दिंदै आएका छन् ।

१. प्रधानमन्त्री केपी शर्मा ओली
करिब नौ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। पछिल्लो समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढेर बेला बेला मा दुःख दिरहन्छ । (शरीरलाई शक्ति दिने स्टोरोयडसहित) साथै उनी सुगर, पायल्स र उच्च रक्तचापको औषधिसमेत नियमित खाइरहेका छन् । उनलाई राति आँखा नदेख्ने समस्या पनि छ । मिर्गौला प्रत्यारोपणपछि खाने औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउन सक्ने र संक्रमणको जोखिम पनि बढी हुने भएकाले धेरै मानिससँग सम्पर्कमा नरहन ओलीलाई चिकित्सकले सुझाव दिएका छन् ।।

२. झलनाथ खनाल
रतन्धोको समस्या भएका झलनाथ खनाल रातको समयमा सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन ्। विद्यार्थी राजनीति गर्दा नै खनाललाई टीबी भएको थियो। उपचारपछि टीबी त निको भयो तर त्यसको ’साइडइफेक्ट’का रूपमा उनलाई आँखा नदेख्ने रोगले गाँजेको उनका निकटहरू बताउँछन् । खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित चेकजाँच गराउँछन् । उनलाई मिर्गौला र प्रोस्टेटको समस्या पनि देखिन थालेको छ भने जीब्रोले पाउने स्वाद पनि गुमाएको वताइन्छ ।

३.पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रचण्डलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ। चिकित्सकहरूकोे सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन् । हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण अहिले रक्तचाप र सुगर दुवै नियन्त्रणमा रहेका उनी निकटहरू बताउँछन् । दाहाल डा. दामोदार गजुरेलसित नियमित स्वास्थ जाँच गराउँछन् ।

४.शेरबहादुर देउवा
पेट र उच्च रक्तचापको समस्याबाट शेरबहादुर देउवा लामो समयदेखि पीडित छन् । देउवा सिंगापुरमा पेटको नियमित परीक्षण गराउन जाने गरेका छन् । उनले पेटमा समस्या देएिपछि चुरोट पिउन पनि छोडेका छन् ।

५.रामचन्द्र पौडेल
लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ उनलाई। यूरिक एसिडका कारण कहिलेकाहीँ खुट्टाको पनि समस्या देखिने गरेको छ । उनी निकट स्रोतका अनुसार अहिले युरिक एसिड नियन्त्रणमा आइसकेको छ । प्रेसर र प्रोस्टेटको नियमित औषधि सेवन गरिरहेका छन् उनी । केही समयअघि पौडेलले प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए ।

६.माधवकुमार नेपाल
उनलाई मुटु र फोक्सोसम्बन्धी समस्या छ । उच्च रक्तचाप पनि छ । उनले अहिले नियमित योग र व्यायाम गरिहेका छन् । निमोनिया र पिसाबमा संक्रमणसमेत देखिएपछि नेपाल केही सयमअघि लामै समय अस्पताल बसेका थिए । रोगले च्याप्न थालेपछि नेपालले खानपान र दैनिक व्यवहारमा निकै ध्यान पुर्याउने गरेका छन् ।

७. डा. बाबुराम भट्टराई
डा. भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ । रक्तचाप नियन्त्रण गर्न भट्टराईले नियमित औषधि सेवन गर्दै आएका छन् ।

८.मोहन वैद्य, अध्यक्ष
मोहन वैद्यलाई दम र रक्तचापको पुरानै समस्या छ । उनी दुवै रोगको नियमित औषधि सेवन गरिरहेका छन् । उनले खानपिनमा विशेष ख्याल गर्नुपरेको छ । नेताहरु स्वास्थ्य हुनु पर्ने र स्वास्थ्य नेतृत्व ले देश पनि स्वास्थ्य हुने र आराम गर्नु पर्ने उमेरका नेताहरुले राजनीतिको अबधि तोकेर युवा नेतृत्वलाइ प्रोत्साहन गर्नु पर्ने चिकित्सकको भनाइ छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्