सुन लुट्ने सशस्त्रका असई र नेविसंघका नेता पक्राउ ।।



सैघाली खबर/काठमाण्डौँ, १४ जेठ।
सुन र पैसा लुटेको आरोपमा सशस्त्र प्रहरीका सहायक निरीक्षक ‘असई’ प्रक्राउ परेका छन । ‘असई’ विशाल खडका करिब एक किलो सुन र ११ लाख रुपैयाँ लुटेको अरोपमा प्रक्राउ परेका हुन ।

खडकालाई काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न भएको आरोपमा आइतबार पक्राउ गरेको छ । उनी सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् छन् । खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेको प्रहरीले जानकारी दिए ।

समूहका प्रविन गिरीलाई समेत काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । उनी नेपाल विद्यार्थी संघका नेता समेत हुन् । ७ जनाको समूहमा भएका मध्य घटनामा संलग्न ४ जना अझै फरार भएको स्रोतले जनाए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्