पहिलो त्रैमासीक आईसक्यो शिक्षक छैनन् बाधक स्थानिय सरकार



गोविन्द खड्का,
घोराही, १४ जेष्ठ
असारको मध्यतिर विद्यालयको प्रथम त्रैमासीक परिक्षा हुन्छ । अबको ठिक एक महिना पछि विद्यालयहरुले त्यसको चा“जो पा“जो मिलाउन शुरु गर्छन् । पढाउने शिक्षक भने विद्यालयमा पर्याप्त छैनन् ।
वालविकास माध्यामिक विद्यालय घोराही १४ ढोडेनीमा गत शैक्षिक सत्र देखि तिन वटा दरबन्दी खाली छन् । विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले पटक पटक पहल गर्दाको असफलताले थकित भएको प्रतिकृया दिनुभयो । ‘खाली दरबन्दीमा कहिल्यै दरवन्दी मिलानको शिक्षक आउदैछ भन्ने हल्ला चल्छ’ प्रअ श्रेष्ठले भन्नुभयो, ‘फेरी केन्द्रले रोक्यो भन्ने खबर आउछ । त्यो रोकियो भने करार नियुक्तीको प्रकृया अघि बढाउन लाग्दा स्थानिय तहमा गएर रोकिन्छ । विकल्प विहिन बनाएको छ ।’ उहाका अनुसार विद्यालयमा सबै भन्दा ठुलो समस्या बनेको छ ।
एउटा पिरीयडको ३५ रुपैया“का दरले ओटि दिनुपर्छ । विद्यालयका लेखा चा“दना हमालका अनुसार दुईसय दश रुपैया“ दैनिक एक जना शिक्षकको लाग्छ । बर्ष भरीमा एक लाख बढि रकम खर्चहुने गरेको छ । त्यो विद्यार्थी तिमाल्ने बाहेक फलदायीक छैन । त्यसरी दिने रकमको आउने श्रोत पनि विद्यालयमा हुदैन । प्रअ श्रेष्ठका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय, विद्यालयको पत्र तयार गरेर स्थानिय सरकारमा धाउन थाल्नुभएको धेरै समय वित्यो । करारमा शिक्षक नियुक्त गर्ने बाटो खुलेको छैन । काम गर्न मुश्किल बनाएको छ ।
यस्ता समस्या धेरै सरकारी विद्यालयमा रहेको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य सन्तोष पोख्रेलले बताउनुभयो । केहि दिन देखि विद्यालय अनुगमनमा रहनुभएका केन्द्रिय सदस्य पोख्रेलका अनुसार दुई दर्जन बढि विद्यालय पुग्दा शिक्षक अभाव भएको समस्या धेरैबाट सुन्नपरेको थियोे । ‘शिक्षकहरुले पढाउन मुश्किल भयो भनेर गुणासो गर्नुभयो’ फोन सम्पर्कमा केन्द्रिय सदस्य पोख्रेलले भन्नुभयो, ‘रिक्त दरबन्दी तत्काल पुर्ति गर्नुपर्छ भनेका छौ।’ उहाका अनुसार स्थानिय सरकारले नियम कानुन वा अधिकारको कुरा निकालेर करार नियुक्ती रोक्नु हुन्न ।
यसको जवाफ घोराही उपमहानगरपालिकाको शिक्षा शाखासंग छैन । आफ्नो काम कार्यपालीकामा प्रस्ताव लैजाने मात्रै भएको प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । उहाका अनुसार दरवन्दी मिलान केन्द्रबाटै रोकिएको छ । करार गर्न कार्यापालिकाले निर्णय गर्नुपर्छ । प्रस्ताव लगिएको छ । शिक्षा विभागले करार दरबन्दी खुला गर्न भनेपनि कार्यपालीकाले अड्काउन सक्छ । यसरी कार्यन्वयन नगर्दा स्थानिय सरकारमा अधिकार आएको महशुस गर्ने ठाउत रहन्छ नै विद्यार्थीले शिक्षक समयमै पाउनुपर्छ भन्ने कर्तव्य पुरा गर्न सकेको देखिन्न । शै स शुरु भएको डेढमहिना वित्दा पनि शिक्ष्क दिन सकेको छैन । यस विषयमा जानकारी लिन खोज्दा कार्यपालीकाका शिक्षा विभाग संयोजक भरतकुमार अर्याल संग सम्पर्क हुन सकेन ।
कहिल्यै स्थानिय सरकारको सबै अधिकार भनेर हौसिन्छन् । केहि समय पछि केन्द्र सरकारले हस्तक्षेप गर्छ । विद्यालयहरु अलमल पर्छन् । केन्द्र सरकारको निर्देशन मान्दैनौ । हामि स्वायत्त भयौ भनेर जनप्रतिनिधिले फुई लगाउ“छन् । दरबन्दी मिलान, नया“ शिक्षक भर्नाको अनुमति लगाएत केहि पनि दिन सक्दैनन् । यसरी अबरोध गर्दा विद्यार्थीहरु मर्कामा परेका छन् । शैक्षिक सत्र शुरु नहुदै शिक्षकको व्यवस्था गरेपछि सरकारी विद्यालय सुध्रीन केहि सजिलो हुन्थ्यो । सरकारी विद्यालयलाई सुधार्ने भाषण गरेपनि विधि पुयाउन स्थानिय सरकारहरुले नसकेको विश्लेषण हुन थालेका छ । हामि गर्दै छौ, हुदैछ भन्दा भन्दै पहिलो त्रैमासिक परिक्षा आउनै लाग्यो । विद्यार्थीले शिक्षक पाएका छैनन् । ओटिमा गएका शिक्षकले विद्यार्थी अलमल्याउछन मात्रै पढाउदैनन् । कक्षा बाट विद्यार्थी बाहिर निश्कन नदिएकै पारीश्रमिक लिन्छन् ।
करार नियुक्ती खुला रहेको जिल्ला शिक्षा ईकाई तथा समन्वय कार्यालय दाङले जनाएको छ । ‘प्रकृया पुरा गरेर आएकालाई विस मिनेटमै अनुमति दिन्छौ’ जिल्ला शिक्षा ईकाई तथा समन्वय प्रमुख अधिकारी रमेश मैनालीले भन्नुभयो, ‘हामिले कसैलाई रोकेका छैनौ ।’ उहाका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय, विद्यालयको पत्र र स्थानिय तहको शिफारीस ल्याउनुपर्छ । त्यसरी ल्याएका विद्यालयले विज्ञापन प्रकाशन गरेका छन् । ईकाई प्रमुख मैनालीका अनुसार आईतवार मात्रै एउटा विद्यालयले सुचना प्रकाशित गरेको छ । यता विद्यालयहरुले भने स्थानिय तहको सिफारीस पाउन सकेका छैननन् । केन्द्रले लादेको नियम मान्दैनौ भन्ने स्थानिय तहले व्यवहारीक निकास दिएर शिक्षक पुर्ति गर्न सकेका छैनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्