दुवाथलन प्रतियोगिताको तयारी पुरा



 

तुलसीपुर १४ जेठ ।

तुलसीपुरमा हुन लागेको खुल्ला दुवाथलन प्रतियोगिताको तयारी पुरा भएको छ । ट्राईयथलन संघ दाङको आयोजनामा हुन लागेको दुवाथलन प्रतियोगिताको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । बिहान ७ बजे देखि शुरु हुने प्रतियोगितामा सहभागि हुन दाङसहित सल्यान, रुकुम, बाँके, नेपालगंजलगायतबा खेलाडीहरु दाङ आएका छन् । गणतन्त्र दिवसको अबशर पारि दाङमा पहिलो पटक उक्त खेलको आयोजन गरिएको हो । दुईवटा खेल मिसिएर बनेकाले दुवाथलन भनिएको ट्राईयथलन संघका केन्द्रीय अध्यक्ष तथा नेपाल ओलम्पिक संघका केन्द्रीय सदस्य निमेन्द्र राज श्रेष्ठले बताए । रनिङ र साईकल रनिङ मिलेर दुवाथललन खेल बनेको उनको भनाई थियो । संघका जिल्ला अध्यक्ष गेदलाल भण्डारी(गोबिन्द)को अध्यक्षता तथा केन्द्रीय अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन भएको हो । खेल तुलसीपुर उपमहानगरपालिकाको गेट देखि सितलपुर चोक हुँदै पुनः उपमहानगरपालिकाका गेटमा आउनु पर्ने छ । उक्त खेल सडकमा हुने भएकाले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरसंग सहकार्य गरेको आयोजकले बताएको छ । यस क्षेत्रमा दुवाथलन खेलको बिकास गर्नका लागि खेलको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष भण्डारीले बताए । तुलसीपुरलाई स्पोर्ट सिटीका रुपमा बिकास गर्न सहयोग पुगोस भनी तुलसीपुरमा प्रतियोगिता आयोजन गरिएको उनले बताए ।

पत्रकार सम्मेलनमा बिशिष्ट अतिथि रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, संघका केन्द्रीय सदस्य रचना सिंहलगायतले मन्तब्य ब्यक्त गरेका थिए । संघका जिल्ला उपाध्यक्ष पदमा चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।

((

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्