सैघाली खबर
भालुवाङ,१५ जेठ
पुर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले कम्युनिष्ट एकताले नेपाली कांग्रेस कमजोर नहुने बताएका छन् । नेपाली कांग्रेसले देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीया स्थित घण्टदेव सामुदायिक वन कार्यालय परिसरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका गिरीले नेपाली कांग्रेसलाई एमाले र माओवादीले पार्टी एकता गरेर कमजोर बनाउने सपना देखेको भए त्यो सपनालाई अन्त्य गरी पार्टी बलियो बनाएर देखाउने बताएका छन् । साथै उनले गएको स्थानीय तह तथा प्रदेश र प्रतिनिधि सभामा पार्टी पछि परे पनि अव पार्टीलाई अझ बलियो बनाउन गाउँ तथा वडा स्तरबाट पहल थाल्नु पर्ने बताएका छन् । यसका लागि उनले इकाई सभापती, क्षेत्रिय सभापतीलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस लालमटिया इकाई सभापती दुर्योधन पाडेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती कृतिबहादुर खड्का, पुर्व जिल्ला सचिव कमलकिशोर घिमिरे,क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती गिरीराज सुवेदी, क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापती भुपबहादुर डाँगी, जिल्ला सदस्य हरिप्रसाद भुसाल लगायतका वक्ताहरुले बोलेका थिए । इकाई उपसभापती युवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन इकाई सचिव सुरेन्द्र भुसालले गर्नुभएको लालमटियाको रेडियो राप्तीबाट ओमप्रकाश गुप्ताले खवर पठाउनु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।