सन्दीप लामिछानेटी टी -२० खेल खेल्न अाज इंग्ल्यान्ड जाँदै



सैघाली खबर
काठमाडौं,१५ जेठ
नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने आज मंगलबार  इंग्ल्यान्ड जाँदै छन्। उनी विश्व ११ र वेस्ट इन्डिजबीच हुन लागेको मैत्रीपूर्ण टी–२० खेल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। नेपाली टिमका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप आज राति लन्डन प्रस्थान गर्न लागेका हुन्।

सन्दीपलाई गत जेठ २ गते अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले विश्व ११ टिममा सामवेश गरेको थियो। आगामी जेठ १७ गते इंग्ल्यान्डको लन्ड्समा विश्व ११ र वेस्ट इन्डिजबीच मैत्रीपूर्ण टी–२० खेल हुँदैछ।

१७ वर्षीय सन्दीप विश्व ११ का कान्छा खेलाडी हुनेछन्। विश्व ११ टिममा इयान मोर्गन ९कप्तान०, साहिद अफ्रिदी, तमिम एकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने हुनेछन्। वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन्।

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गर्न लागिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्