काठमाडौं, १५ जेठ । हत्या अभियोग सर्वस्वसहित जन्मकैद पाएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् ।
गणतन्त्र दिवसका अवसर पारेर सरकारले ढुंगेललाई मंगलबार रिहाइ गरेको हो । डिल्लीबजारमा जम्मा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता र आफन्तले ढुंगेललाई स्वागत गरेका थिए ।
गृहमन्त्रालयको प्रस्तावमा सरकारले बाँकी कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
ढुंगेललाई रिहाइ गर्ने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको थियो । तर, सरकारले कुनै सुनुवाइ गरेन ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।