सरकारद्धरा माओबादी नेता ढुंगेलसहित ८१६ जना जेलमुक्त



काठमाडौं
सरकारको सिफारिस अनुसार ८ सय १६ कैदीको बाँकी कैद मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आदेशमा उनीहरुको कैद मिनाहा भएको हो ।
राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’’
जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल गएका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसका अवसरमा मंगलबार रिहा भएका छन ।

बालकृष्णलाई आममाफी दिने गरी सरकारले रिहाइका लागि गरेको सिफारिसलाई स्वीकृत गर्दै राष्ट्रपतिको कार्यालयले गृहमन्त्रालयलाई पत्र पठाएपछि ढुंगेल गणतन्त्र दिवसका दिन रिहा भएका हुन् ।
जनयुद्धकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए ।

तर सर्वोचले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो । गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त भएका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्