घोराही मुर्कुटी सडक खण्डको धुलो नियन्त्रणका लागि बंगलाचुलीमा सर्वपक्षीय छलफल



सैघाली खबर,
दाङ,१५जेठ ।

घोराही मुर्कुटी सडक खण्डमा उत्पन्न धुलो नियन्त्रणका विषयमा आज बंगलाचुली गाउँपालिकामा सर्वपक्षिय छलफल भएको छ ।घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ओसार्न चल्ने टिप्परले यस सडक खण्डमा अत्याधिक धुलो उत्पन्न गरेको भन्दै बंगलाचुली गाउँपालिकाले यसको समाधानका लागि सर्वपक्षिय छलफलको आयोजना गरेको थियो ।

छलफलले घोराही सिमेन्ट उद्योगको कच्चापदार्थ ओसार पसारका क्रममा उत्तपन्न धुलो प्रदुषण नियन्त्रणका लागि घोराही तापा सडकमा तत्काल लोडर ग्रेडर प्रयोग गरी ग्राभेल गर्ने,धुलो प्रभावीत वस्तीहरुमा पानी चार्ने काम यथावत राख्ने निणर्य गरेको छ ।

यसैवीच छलफलले उद्योग स्थापनका क्रममा प्रभावीत क्षेत्रका स्थानीय र उद्योग विच भएका सहमतिहरु अक्षरंस कार्यान्वयन गर्नका लागि बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरीएको छ ।

जसको सदस्यहरुमा बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, ४ का अध्यक्ष नारायण डाँगी,घोराही उपमहानगर पालीका वडा नम्वर १ का अध्यक्ष राममणी पाण्डे, ४ का अध्यक्ष भिमबहादुर सार्की,घोराही सिमेन्ट उद्योगका प्रतिनिधी,टिप्पर व्यवसायी समितिका तर्फवाट बसन्त अधिकारी, धुलो प्रभावीतका तर्फबाट टेकबहादुुर थापा र सदस्य सचिवमा पत्रकार एवं बंगलाचुली गाउँपालिकाका प्रेस संयोजक जीवन नेपाली रहनु भएको छ ।

सो छलफलमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली,घोराही उपमहानगर पालिकाका मयेर नरुलाल चौधरी,प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी प्रमुख एसपी दुर्गा सिंह,बंगलाचुली गाउँपालिकाका वडा अध्यक्षयहरु,घोराही सिमेन्ट उद्योगका प्रतिनिधी अमर सुवेदी,टिप्पर व्यवसायी समितिका प्रतिनिधी,धुलोप्रभावीत स्थानीयको सहभागिता रहेको थियो ।

धुलो प्रभावीत क्षेत्रका स्थानीयहरुले धुलोका कारण आफुहरुको स्वाथ्यमा गम्भिर असर पर्ने भन्दै यसको समाधानका लागि भन्दै विभिन्न चरणमा आन्दोलन हुदै आएको थियो । जसको दिर्घकालीन समाधनका लागि आज छलफल भएको हो ।

कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्