अन्दाजी ३३ वर्षीया महिला मृत अवस्थामा फेला



सैघाली खबर,
रुकुम पश्चिम १५ जेठ। — रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१० घुम्लवाङकी अन्दाजी ३३ वर्षीय इच्छा बुढा मगर मुसीकोट नगरपालिका–१ सहिद मैदानमा मृत फेला परेकी छन् । मंगलबार बिहान सहिद मैदानको एउटा घरको मुनि खोल्सेरोमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव भेटिएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

मृतककी एक छोरी छन् । उनी लामो समयदेखि खलंगामा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएकी थिइन् । स्थानीयका अनुसार राति अबेरसम्म सहिद मैदानकै एक होटलमा हल्ला भइरहेको थियो । मृतकका आफन्तले घटना रहस्यमय भएको बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्