दाङमा रहेका सय वडामध्ये १९ वटा वडाको मतपरिणाम सार्वजनिक



दाङ
१६ असार
दाङमा रहेका सय वडामध्ये १९ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार माओवादी केन्द्रले १२, नेकपा एमालेले ४ र नेपाली काँग्रेसले ३ वडामा विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रले शान्तिनगरको १ मा जंगबहादुर पुन र ७ मा पिमलाल वली, बंगलाचुली—२, ३, ४ र ५ मा क्रमस मेघराज राना मगर, शोभाराज विक, नारायण डाँगी र यनुराज खत्रीले विजयी हासिल गर्नुभएको छ ।
यस्तै राजपुर गाउँपालिका—१ मा विष्णु बुढा, २ मा दुर्गाप्रसाद शर्मा र ६ मा श्यामबहादुर रोका, राप्ती गाउँपालिका—९ मा रीमबहादुर सुनारी मगर र गढवा गाउँपालिका—२ र ८ मा क्रमसः सद्धाम सिद्धिकी र भक्तु चौधरीले विजयी हासिल गर्नुभएको छ ।
त्यसैगरी नेकपा एमालेले दंगीशरण—१ मा श्रीप्रसाद चौधरी, तलसीपुर उपमहानगरपालिका—१ मा लक्ष्मण भण्डारी, घोराही उपमहानगरपालिका—१ मा राममणी पाण्डेय र गढवा गाउँपालिका—१ मा बाबुराम अधिकारीले विजयी हासिल गर्नुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसले बंगलाचुली—१ मा पदमबहादुर खत्री, दंगीशरण—२ मा तुल्सीराम देवकोटा र राजपुर—७ मा भिमबहादुर खड्काले विजयी हासिल गर्नुभएको छ ।।यस्तै राजपुर गाउँपालिका—१ मा विष्णु बुढा, २ मा दुर्गाप्रसाद शर्मा र ६ मा श्यामबहादुर रोका, राप्ती गाउँपालिका—९ मा रीमबहादुर सुनारी मगर र गढवा गाउँपालिका—२ र ८ मा क्रमसः सद्धाम सिद्धिकी र भक्तु चौधरीले विजयी हासिल गर्नुभएको छ ।
त्यसैगरी नेकपा एमालेले दंगीशरण—१ मा श्रीप्रसाद चौधरी, तलसीपुर उपमहानगरपालिका—१ मा लक्ष्मण भण्डारी, घोराही उपमहानगरपालिका—१ मा राममणी पाण्डेय र गढवा गाउँपालिका—१ मा बाबुराम अधिकारीले विजयी हासिल गर्नुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसले बंगलाचुली—१ मा पदमबहादुर खत्री, दंगीशरण—२ मा तुल्सीराम देवकोटा र राजपुर—७ मा भिमबहादुर खड्काले विजयी हासिल गर्नुभएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्