राष्ट्रपति र प्रधानमन्त्रीको फोटो अश्लील बनाउदा प्रहरीको फन्दामा ।



सैघाली काठमाण्डौँ/जेठ, १५
राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई दुरुपयोग गरी सामाजिक संजालमा अश्लील स्टाटस अपलोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले एक जनालाई पक्राउ गरेको छ । नवलपरासी कावसोती नगरपालिका –१, का २९ बर्षीय सुरज भुुषाल (जुँगे) भन्ने तोयाराज भुषाललाई कावासोतीबाट प्रकाउ गरेको हो ।

राष्ट्रपति र प्रधामन्त्रीको फोटोलाई अश्लील रुप बनाई फेसबुकमा स्टाटससहित अपलोड गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्