जीप दुर्घटना, ३ को मृत्यु, ८ जना घाइते ।।



सैघाली खबर,
डडेल्धुरा, १५ जेठ।
डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । डोटीको दिपायलबाट कोहलपुरकोलागि छुटेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुदा ८ जना घाइते भएका छन् ।

डडेल्धुरा प्रहरीले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ । दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्