प्रदेश ३

कुरा होईन काम गरेर देखाउनुस् : देउवा ।।

By थाहा अनलाइन

May 29, 2018

सैघाली खबर/काठमाण्डौँ, १५ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । गणतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा भएको बताए ।

साथै उनले दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको बताए । देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव दिए । बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव÷भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।।