घोराही बाह्रकुने दहमा डुबेर मृत्यु भएकी महिलाको सनाखत



दाङ
१६ असार
यमकला भुसाल

घोराही उपमहानगरपालीका १३ बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ । घोराही १८ र्फुसेखाली निवासी ५६ वर्षिय खिमादेवी पाण्डे आज विहान ७ बजेतिर पुजाँ गर्न जान्छु भनी घरबाट मन्दिर जानुभएको थियो । धेरै समयसम्म घर नर्फके पछि उहाँको परिवार चिन्तीत बनेको थियो ।

उहाँको मन्दिरमा पुजा गर्न आउने मानीसले दहमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुगेपछि उहाँलाई घोराही अस्पतालमा ल्याइको थियो । अस्पतालमा लिए लगत्तै उहाँको मृत्यु भएको भएको थाहा भएपछि आफन्तलाई खबर गरीएको थियो । उहाँको दाहाशस्कार दिउसो २ बजे कटुवा खोला गरिने उहाँका नाती रमेश पाण्डेले जानकारी दिनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्