मन्त्रिपरिषदबाट बजेट पारित ।।



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५÷७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकमा समेत बजेटको आकार खुलाउन मानेनन् ।

उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराए पनि बजेटको आकार खुलाउन नमानेको एक मन्त्रीले जानकारी दिए । अर्थमन्त्रीले बजेटको आकार नखुलाए पनि १३ खर्बभन्दा माथिको हुने एक मन्त्रीले बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्