आर्थिक

मन्त्रिपरिषदबाट बजेट पारित ।।

By थाहा अनलाइन

May 29, 2018

सैघाली खबर/काठमाण्डौँ, १५ जेठ। मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५÷७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकमा समेत बजेटको आकार खुलाउन मानेनन् ।

उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराए पनि बजेटको आकार खुलाउन नमानेको एक मन्त्रीले जानकारी दिए । अर्थमन्त्रीले बजेटको आकार नखुलाए पनि १३ खर्बभन्दा माथिको हुने एक मन्त्रीले बताएका छन् ।।