प्रदेश ३

राणा, पञ्चायत, राजा गए तर जनताहरूको दुःख कहिले गएन : चित्रबहादुर केसी ।।

By थाहा अनलाइन

May 29, 2018

सैघाली खबर/काठमाण्डौँ, १५ जेठ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राणा शासनदेखि राजतन्त्रसम्मको अन्त्य भएपनि जनताको दुःख अन्त्य नभएको बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय समितिले आयोजना गरेको महिला अधिकारको सावल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले शासन व्यवस्था परिवर्तन भएपनि जनताको दुःख नगएको बताएका हुन् । ‘राणा गए, पञ्चायत गए, राजा गए तर जनताहरूको दुःख कहिले गएन, अर्धसामन्ती, अर्धउपनिवेशिक दलाल तन्त्र नहटेसम्म देशमा विकास असम्भव रहेको छ ।’

उनले अघि थपे, ‘सरकारले मोनोरेल, पानी जहाज हैन काठमाडौं धुलो हटाउने कुरा कतै सोध्नु पर्ने हो कि नसोधी धुलो हटाइन्छ ।’ कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष एवंम सांसद दुर्गा पौडेलले महिलाहरुको ऐतिहासिक आन्दोलनको फलस्वरुप केही अधिकार प्राप्त भएपनि कानूनी जटिलता र कार्यान्वयन पाटोमा फितलो भएको बताएकी थिइन् ।।