पत्रकार महासंघ ५ नं। प्रदेश कमिटीको पदाधिकारीको स्वागत सम्मान



दाङ १५ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार महासंघ ५ नं। प्रदेश कमिटीका पदाधिकारीहरुको स्वागत सम्मान गरेको छ । घोराही उपमहानरपालिका १३ बाह्रकुनेमा एक कार्यक्रमको आयोजना गरी प्रदेश पदाधिकारीहरुको स्वागत तथा सम्मान गरेको हो । सो कार्यक्रममा बोल्दै ५ नं। प्रदेशसभा सदस्य उत्तरकुमार वलीले समाज परिर्वतन पत्रकारको भुमिका महत्वपूर्ण हुने वताउँनुभयो । संविद्यान निर्माणपछि पत्रकारको भुमिका फेरिको वताउँदै प्रमुख अतिथी वलीले पत्रकार अब संविधान कार्यान्वयन गराउँन तर्फ पर्ने वताउँनुभयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं। ५ का कोषध्यक्ष गणेश वली, सचिव सन्तोष दहित, सदस्य लक्ष्मीमान चौधरीलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । पत्रकार महासंघ दाङको कोषाध्यक्ष आर।के। सित्तलको स्वागत मतव्य बाट सुरु भएको कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी सुसिल गौतम, पत्रकार महासंघ दाङका सल्लाहकार सूदीप गौतम, दुर्गालाल केसी, लगाएतले वोल्नु भएको थियो । पत्रकारमहासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भुपेन्द्र वलीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्