साना किसान सहकारीबाट लिएको सबै ऋण मिनाहा, २ बर्षमा नेपाल साक्षर ।।



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
सरकारले साना किसान सहकारीबाट लिएको सबै ऋण मिनाहा गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो । ऋण तिर्न अप्ठ्यारो परेका किसानलाई सरकारको यो घोषणाले राहत मिलेको छ ।

यस्तै सरकारले २६ जिल्लाका गरिब परिवारलाई आउँदो वर्ष परिचय पत्र दिने र बाँकीलाई २ वर्ष भित्र वितरण गरिसक्ने पनि उहाँले उल्लेख गर्नुभयो । सरकारले कृषि पशुपालन र माछापालनका लागि गरिने बीमाको ७५ प्रतिशत प्रिमियम रकम तिरिदिने भएको छ । सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइनुका साथै सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने बजेटमा उल्लेख छ ।

यसैबिच सरकारले आउँदो २ बर्षभित्रमा साक्षर नेपाल बनाउने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणमा आगामी २ वर्ष्भित्र देशलाई साक्षर बनाउने कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने, माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र विशेष अभियान चलाएर निरक्षरता निर्मुल गर्ने बजेटमा उल्लेख छ । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ । विश्वविद्यालय सुधार, पाठ्यपुस्तक सुधार, शिक्षा संकायमा स्नातकोत्तर गरेका विद्यार्थीलाई अनिवार्य रुपमा सामुदायिक स्कुलमा इन्टर्न्शिप गर्नुपर्ने पनि बजेटमा उल्लेख छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्