सबै स्थानीय तहमा सुपथ मूल्य पसल, हरेक प्रदेशमा रंगशाला ।।



सैघाली खबर/काठमाण्डौँ, १५ जेठ।
अब हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोलिने भएको छ । मंगलबार अर्थमन्त्री युवराज खतिवडाद्वारा सार्वजनिक भएको बजेटमा सहकारी संस्थामार्फत हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोल्ने उल्लेख छ । अब नागरिकले गाउँघरमै सुपथ मूल्य पसलबाट सहुलियतमा घरायसी सामान किन्न सक्ने बजेटमा उल्लेख छ ।यस्तै बजार अनुगमन पनि स्थानीय तहले गर्ने बजेटमा उल्लेख छ ।

सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ । संसदमा पेश गरेको बजेटमा हरेक प्रदेशमा ठूला रंगशाला बनाउने उल्लेख छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि २ अर्ब ४ करोड रुपैयाँ सरकारले छुट्याइएको छ । स्थानीय तहमा खेल ग्राम बनाइने पनि बजेटमा उल्लेख छ ।

यसैबिच सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने भएको छ । युवाको सीप प्रमाणीकरण गरेर त्यसअनुसारको व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउने भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्