सैघाली खबर, काठमाण्डौँ, १५ जेठ।
सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको तलब बृद्धि नगरेको भए पनि कर्मचारीको महंगी भत्ता भने बढाइएको बताए ।
कर्मचारीले अब महंगी भत्ता बापत २ हजार रुपैयाँ थप पाउने भएका छन् । यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता पनि बृद्धि भएको छ । अब वार्षिक रुपमा कर्मचारी तथा शिक्षकले १० हजार रुपैयाँ पोशाक भत्ता पाउने भएका छन् ।।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।