गाडी र मोटरसाइकलसंगै चुरोटको भाउ बढ्यो, सरकारले तोकेको ठाउँमा मात्रै सुर्ती र मदिरा राख्न पाइने ।।



सैघाली खबर, काठमाडौं, १५ जेठ।
सरकारले विभिन्न वस्तुहरुको अन्तशुल्क कर बढाउने भएको छ । एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल र एक हजार सीसीभन्दा माथिको गाडीहरुको अन्तशुल्क कर बढाउने अर्थमन्त्री डाक्टर युवराज खतिवडाद्वारा सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।

सरकारले अन्तशुल्क कर बढाउने भएपछि गाडी र मोटरसाइकलको भाउ पनि बढने भएको छ । साथै सरकारले विभिन्न देशबाट आयात हुने चकलेट, बिस्कुट, खेलौनालगायतका वस्तुको करमा पनि वृद्धि गर्ने भएको छ ।

यसैबिच, सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य बस्तुमा अन्तःशुल्क कर बढाउने भएको छ । कर बढाउने मात्रै नभई सरकारले सुर्तीजन्य पदार्थमा नयाँ शिर्षकको कर पनि लगाउने भएको छ । संसदमा प्रस्तुत भएको बजेटमा हरेक खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर लगाइने उल्लेख छ । गैर उत्पादनशिल सामग्रीमा कर बढाउको सरकारले सुर्ती र मदिराजन्य उद्योग सरकारले तोकेकै ठाउँमा मात्रै राख्न पाइने पनि बजेटमा उल्लेख छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्