कल्पना श्रेष्ठले यसरी हात पारीन मिसेस नेपालको उपाधि



 

दाङ,१५ जेठ ।  दाङ्गाली चेली कल्पना श्रेष्ठले मिसेस नेपाल –२०१८ को उपाधि चेमेकी छिन ।

घोराही स्थायी घर भई हाल कामको शिलशिलामा श्रेष्ठ काठमान्डौ बस्दै आएकी छिन् । पहिलो पटक यस प्रकारको प्रतियोगितामा सहभागी भएकी श्रेष्ठले नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि करीव तिन दर्जन प्रतियोगिलाई पछाडि पार्दै उपाधि जितेकी हुन ।

प्रतियोगिताका लागि सुरुको चरणमा धेरै महीलाहरुको सहभागिता रहेको थियो । साहित्य, अभिनयमा समेत विशेष रुची राख्ने श्रेष्ठले काठमाडौं आयोजना गरिएको फाइनल राउण्डमा आफू पहिलो भएको घोषणा गरिएपछि खुशीले सीमा नाघेको बताउँछिन् । मोडलिङ क्षेत्रमा आफुलाई निकै मन पर्ने बताएकि श्रेष्ठले विवाहीत महीलाहरुका लागि सञ्चालन गरीएको मिसेस नेपालको प्रतिष्पर्धामा निकै कडा मेहनत गरेकि थिइन् । श्रेष्ठ प्रदेश नम्बर ५ को दाङवाट एक्ली प्रतिष्पर्धिकिरुपमा प्रतिष्पर्धा गर्दै उक्त उपाधि जित्न सफल भएकि हुन् ।

ब्युटिसियन क्षेत्रमा लामो अनुभव संगाल्नु भएकि श्रेष्ठले मिसेस नेपालमा सहभागि भएर दाङको नाम रोशन गर्न पाएको आफुलाई भाग्यमानि र गौरवको महसुस गरेको प्रतिक्रीया दिइन् । उनले आफ्नो जित समग्र दाङसंगै प्रदेश ५ को भएकोसमेत बताइन् । विभिन्न समाजिक संघ संस्थामा आवद्ध रहेर क्रीयाशिल रहेकि श्रेष्ठ सामाजिक क्षेत्रमा पनि आफ्नै छुट्टै पहीचान बनाएकि छिन् । ब्युटिसियन महीलाहरुको संगठन नेपाल ब्युटिसियन संघको जिल्ला तथा केन्द्रमा रहेर नेतृत्वदायि भुमिकामा रहेकि श्रेष्ठ हाल नेपाल ब्युटिसियन संघकि केन्द्रिय उपाध्यक्षको जिम्मेवारीमा छिन् ।श्रेष्ठले आफुलाई मोवाइलवाट भोट गरेर सहयोग गरेकोमा सबै आफन्त, स्ष्टमित्र, नातागोता, शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गरेकि छिन् ।उनि प्रतियोगिताको फाइनल राउण्डमा थारु ड्रेसमा सजिएर गएकि थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्