समाचार

नयाँ बजेट : कृषि व्यवसायका लागि ७५ प्रतिशत अनुदान, प्रमाणपत्र धितो राखेर ऋण पाइने

By थाहा अनलाइन

May 30, 2018

सैघाली खबर काठमाडौं,१६ जेठ

संघीय संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिओडाले धेरैजसो पुरानै विषय दोहा¥याउनुभएको छ । प्रदेश तथा स्थानीय तह कार्यान्वयनमा आएकाले केही बजेट त्यहाँ पनि छुट्टाइएको छ । जेष्ठ नागरिक भत्ता पाँच हजार पु¥याउने नेकपाको घोषणापत्र अनुसार नबढे पनि ७० वर्ष माथिका नागरिकको लागि एक लाखसम्मको स्वास्थ्य बिमा गराइने भएको छ । बुवा आमालाई अब छोरा, छोरीले नै अनिवार्य हेरचाह गर्ने कानुन बनाईने छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउनुभएको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्थाका लागि बजेट दिइएको छ । प्रमाणपत्र देखाएर ७ लाखसम्म ऋण पाइनेछ । सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तथा सवारी साधनमा धुम्रपान र मदिरा निषेधको घोषणा गरिएको छ ।

सबै सामुदायिक विद्यालयमा ईन्टरनेट तथा पिछडिएका क्षेत्रका प्राथामिक तहका विद्यार्थीका लागि स्थानीय तहमा नै उत्पादित निशुल्क पौष्टिक खाजा उपलब्ध गराईने छ । सुत्केरी आमाहरुको लागि दोब्बर भत्ताको व्यवस्था बजेटमा छ । प्रत्येक स्थानीय तहमा खेल मैदान, पार्क अनि प्रदेशस्तरीय खेल मैदान बनाउने, दलित तथा लोपोन्मुख बालवालिकाका लागि उच्च शिक्षा निशुल्क गरिने बजेट मार्फत सरकारले घोषणा गरेको छ ।

सुत्केरी आमा तथा वालवालिकाहरुको लागि अब एयर एम्बलुलेन्स सञ्चालन गरिनेछ । सातै प्रदेशमा नमूना कृषि फार्म बनाईने, कृषि व्यवसाय तथा माछा पालनको लागि ७५ प्रतिशत अनुदान दिईने, साना किसानहरुले लिएको ऋण मिनाहा गर्ने घोषणा गरिएको छ । देशभर एकसय वटा नयाँ पर्यटकिय स्थल खोजीने, दाङमा बैकल्पिक विमानस्थलको निर्माण गर्ने तथा सबै स्थानीय तहमा हेलिप्याड पु¥याइने लक्ष्य सरकारको छ ।

६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै सरकारले घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने वाचा गरेको छ । अर्थविद् चन्द्रमणि अधिकारी खासै नयाँ विषय नभए पनि केही नयाँ विषय ल्याउने प्रयास भएको टिप्पणी गर्नुहुन्छ । बजेट अनुसार राष्ट्रिय सरसफाई बर्षको रुपमा मनाईने छ भने यो बर्षदेखि २०८५ सम्मलाई उर्जा दशक घोषणा गरिएको छ । ग्रामिक विद्युतिकरणलाई प्राथामिकता दिईने छ । प्रत्येक प्रदेशलाई अन्तराष्ट्रिय व्यापारसंग जोड्ने गरि योजना बनाईने छ ।