सैघाली खबर
काठमाडौं,१६ जेठ
युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ । रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको हो । उहाँकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उहाँलाई फेला पारेपछि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा गोली हानेको सुरक्षाकर्मीको दाबी छ । रुसको सैनिक बिमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको खुलासा आरकादीले बताइरहनु भएको थियो । युद्धसम्बन्धी समाचारका संवाददाता आरकादी शुरुमा प्रागमा कार्यरत हुनुहुन्थ्यो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।