आफैँले ढालेको रुख आफैँतिर ढल्दा रुखले ढल्दा



मंगलबारे, इलाम, १६ जेठ (रासस)  रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ ।

दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्