गणतन्त्र दिवसमा बजार सरसफाई



सैघाली खबर,
तुलसीपुर, १६ जेठ । तुलसीपुर उपमहानगरपालिकाले गणतन्त्र दिवसका अवसर पारेर तुलसीपुर बजार सरसफाई गरेको छ । उपमहानगरपालिकाले विभिन्न संघसंस्था र निकायको सहयोगमा बजार सरसफाई कार्यक्रम गरेको हो ।

हरेक मंगलबार सञ्चालन हुने हाम्रो तुलसीपुर राम्रो तुलसीपुर अभियान अन्तर्गत गणतन्त्र दिवसको अवसर पारेर सरसफाईसँगै सहिदहरुको सम्झना समेत गरिएको हो । उपमहानगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बजार सरसफाई पश्चात सहिद पार्कमा दिप प्रज्ज्वलन समेत गरिएको थियो ।

सो अवसरमा वोल्दै संयोजक लामिछानेले गणतन्त्र ल्याउन ज्यानको आहुति दिने सहिदको सपना पुरा गर्न बाँकी रहेको भन्दै सामान्य स्तरको जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने वताए । स्वच्छतालाई तुलसीपुर बजारको पहिचान बनाउनुपर्ने भन्दै लामिछानेले आफ्नो घर आगन सफा राख्नु सबैको दायित्व भएको वताए ।

कार्यक्रमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत ललित घर्तिले सरसफाई अभियानको सार्थकताका वारेमा प्रष्ट पारेका थिए । सरसफाई कार्यक्रममा ओम शान्ती इश्वरीय विश्वविद्यालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली पूर्व प्रहरी संगठन लगायत विभिन्न सामाजिक संघसस्थाको संलग्नता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्