च्याउ उद्योगको सार्बजनीक सुनुवाई



सैघाली खबर,

तुलसीपुर १६जेठ ।

तुलसीपुर ६ बनकट्टामा रहेको गंगामाला लघु उद्यमी च्याउ उद्योगले सार्बजनीक सुनुवाई गरेको छ । सोमबार एक कार्यक्रम गरि सार्बजनीक सुनुवाई गरेको हो ।

गंगामाला अघु उद्यमी च्याउ उद्योग र तुलसीपुर उपमहानगरपालिका दाङको संयुक्त आयोजनामा सञ्चालित कृषि विकास कार्यक्रम अन्तरगत प्रधानमन्त्री कृषि उत्पादन केन्द्रको सार्बजनीक सुनुवाई भएको हो । उद्योगका अध्यक्ष तुलसा बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का सदस्य युवा कराराको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि कराराले तुलसीपुर क्षेत्रमा च्याउ उत्पादनसंगै प्रसोधन गर्ने उद्योग सञ्चालन हुनु खुसीको कुरा भएको बताईन् ।

उद्योगको बिकास हुनु यस क्षेत्रको समृद्धिको आधार भएको भन्दै यस्ता उद्योगलाई स्थानीय सरकारले प्रोत्साहन गर्ने उनले बताईन् । साथै अझै पनि महिलाहरु चुलो चौकोमै सिमित हुनु पर्ने अबस्था रहेपनि एउटा महिलाको सक्रियतामा तुलसीपुरमा च्याउ उत्पादन हुनु सकारात्मक कार्य भएको बताईन् । साथै वडा तथा उपमहानगरबाट हुने हरेक सहयोग तथा सहकार्य गर्न आफुहरु तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगर कृषि शाखा प्रमुख कुलराज चौधरीले यस्ता उद्योगहरुलाई स्थानीय तहले पनि बिशेष प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा लिलाधर लम्साल, माधब शर्मा, ईन्द्रा परियार, सुदा बस्नेत, गणेश केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबशरमा मेनका थापाले आयब्याय बिबरण पेश गरेकी थिईन् । गोमा भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन् । उक्त संस्थाले अहिले च्याउ उत्पादन देखि प्रसोधन गर्नुका साथै च्याउनका परिकारहरु उत्पादन गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्