तीन वर्षीय बोहराको उपचार गर्न आर्थिक सहयोग



दाङ, १६ जेठ । गैरे सेवा समाज नेपाल, दाङ शाखाले आर्थिक अभावका कारण उपचार नपाएका त्रिवेणी गाउँपालिका–३ सल्यानकी मुना बोहराका तीन वर्षीय छोरा सुशील बोहराको उपचारका लागि मंगलबार रु ६१ हजार पाँच सहयोग गरेको छ ।

आर्थिक अभावका कारण बालक उपचार नपाई घर फर्कन लागेको जानकारी पाएपछि बालकलाई उपचारका लागि गैरे सेवा समाज, जापानले पठाएको सो रकम तुलसीपुरस्थित तुलसी हस्पिटलमा एक कार्यक्रमको आयोजना गरी बालकका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।

बालकको टाउकोमा पानी जमेको र उपचारपछि बालक स्वस्थ हुने तुलसी बाल अस्पतालका बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताउनुभयो । उहाँले गैरे सेवा समाजलाई धन्यवाद दिनुभयो । समाजले हाल स्थानीय तथा राष्ट्रिय क्षेत्रमा विभिन्न व्यक्तिलाई विभिन्न समयमा सहयोग गर्दै आएको गैरे सेवा समाज नेपाल, दाङका सचिव ईश्वरी गैरेले बताउनुभयो ।

आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालकको अब भने उपचार हुने आमा मुना बोहराले बताउनुभयो । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्