सामान्य बन्दै झाडापखाला



शान्तिनगर १६ जेठ।
झाडापखाला पूर्णरूपमा नियन्त्रणमा आउन नसके पनि सामान्य अवस्थातर्फ गइरहेको छ । ‘शुक्रबारदेखि फैलिएको झाडापखालाका बिरामी स्वास्थ्यचौकी जाने क्रम रोकिएको छैन’, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले भने, ‘अवस्था सामान्यतर्फ उन्मुख छ ।’

शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ का विभिन्न स्थानमा फैलिएको झाडापखाला पिउने पानीको कारण भएको प्रमाणित भइसकेका छ । हालसम्म झाडापखालाका बिरामीको संख्या एक हजार ६ सय ३१ पुगेको छ । पाँच दिनमा एक हजार ६ सय ३१ जना बिरामीको उपचार गरिएको पुनले बताए ।

एक हजार एक सय १४ महिला र पाँच सय १७ पुरुष बिरामी भएका छन् ।झाडापखाला फैलनाको मुख्य कारण मुहानको पानी दूषित भएको भन्ने पुष्टि भएको छ । सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएपछि यस्तो पुष्टि भएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्