सरकारले दाङमा बैकल्पिक बिमानस्थल निर्माण प्रकृया थाल्ने



दाङ,१६ जेठ ।सरकारले दाङमा बैकल्पिक विमानस्थल निर्माणको काम निर्माणको काम अगाडी थाल्ने भएको छ । सरकारले मंगलवार आर्थिक बर्ष २०७५ र ०७६ को बजेट प्रस्तुत गर्दै गरेको दाङमा बैकल्पिक विमानस्थल निर्माणका लागि बजेट विनियोजन गरेको अर्थ मन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।


साथै सरकारले नेपालको हवाई उड्डेयन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गरिने समेत बताउँनुभयो । छ। निजगढ अन्तर्राष्ट्रिोय विमानस्थल शुरू गर्न, त्रिभुवन अन्तर्राष्ट्रिणय विमानस्थलको विस्तार गर्न, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिोय विमानस्थल निर्माण अघि बढाउन र गौतमबुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन ल्याईने समेत बताउँनुभयो ।

विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थलाई क्षेत्रीय विमानस्थलको रूपमा स्तरोन्नषती गरी छिमेकी मुलुकहरूसम्म उडान सुरू गरिनेछ। आन्तरिक विमानस्थलको निर्माणलाई तिब्रता दिइने छ। पाँच वर्ष भित्र सबै सिंचाइ योग्य जमिनमा सिंचाइ सुविधा र्पुयाउने गरी निर्माणाधीन आयोजनाहरू सम्पन्न् गर्न र नयाँ आयोजनाहरू सुरु गर्न बजेट विनियोजन वृहत दाङ्ग उपत्यका सिंचाइ आयोजना शुरू गर्नको लागि आवश्यक बजेट समेत व्यबस्था गरेको बताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्