जनक नेपाली
दाङ । शान्तिनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । शान्तिनगर गाउँपालिकाका वडा नं. ३ र ४ फैलिएको झाडा पखाला नियन्त्रणमा आएसंगै त्यहाको जन जीवन सामान्य बन्दै गएको
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो ।
पानी परिक्षणका क्रममा कोलिफर्म भेटिएपछि दुुषित पानीका कारण झाडापखाला फैलिएको पुष्टि भएको थियो । स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सर्वसाधारण घर फर्किएको पुनले जानकारी दिनुभयो । कोलिफर्म कारण माहामारीका रुपमा फैलिएको झाडापखाला मुहानदेखि धारासम्म प्रदुषण भएकाले मुहान, ट्यांकी र पाइपलाइन शुद्धिकरण गर्ने काम भएको समेत बताउनुभयो । बुधवार बिहान देखि रिजर्भ ट्यांकीमा जोडेर वितरण गरिएको समेत बताउँनुभयो ।
झाडापखालाका कारण १६ सय विरामी
शान्तिनगर गाउँपालिकाका वडा नं. ३ र४ मा फैलिएको झाडापखालाबाट मंगलवार वेलुका सम्म विरामी पर्नेको सख्या १६ सय ४० पुगेको छ । मंगलवारमात्र बेलुका १ सय २८ जना विरामी थपिएपछि दुई वडामा विरामी हुनेको सख्या १६ सय ४० पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो ।
झाडा पखालाका कारण सबै भन्दा धेरै १ हजार १५ जना महिला र पुरुष ४ सय ६१ जना पुरुष विरामी परेको उहाँले जानकारी दिनुभयो । अधिकांश पुरुषहरु रोजगारको सिलसिलामा घरबाहिर भएका कारण पनि महिलाहरु बढी प्रभावित भएका भएको पुनले जानकारी दिनुभया स्वास्थ्य चौकीबाट रिफर गरिएकाहरुको तुलसीपुर स्थित राप्ती अंचल अस्पताल,तुलसीपुर सीटी, राप्तीलाइफ केएर हस्पिटलमा उपचार गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।