करीना कपूरको लुगा देखेर उनका पति रिसाए ।।



सैघाली खबर/काठमाण्डौँ, जेठ।

फिल्म ‘वीरे दी वेडीङ’ का कारण अहिले अभिनेत्री सोनम कपूर र करीना कपूर खान चर्चामा छन् । फिल्ममा सोनम र करीना निकै बोल्ड अवतारमा देखिएका छन् । फिल्ममा बेडरुम, बाथरुम अनि कयौं बोल्ड सिन र गालीहरुले भरिएका कैयन् डायलगहरु छन् । अहिले यस फिल्मको प्रमोशनका लागि अभिनेत्री सोनम कपूर, करीना कपूर खान, स्वरा भास्कर र शिखा तल्सानिया प्रमोशनमा सक्रिय भएका छन् ।

फिल्म ‘वीरे दी वेडीङ’ प्रमोशनको एक कार्यक्रममा सोनमले आफू आफ्ना प्रत्येक फिल्महरुबाट रुढीवादलाई तोड्ने कोशिश गरिरहेको हुने बताइन् । सोनमले भनेकी छिन्, ‘म जुन फिल्म गर्छु, म चाहन्छु त्यस फिल्मबाट कुनै न कुनै तरिकाले रुढीवादलाई तोड्न सकौं र यूवाहरुलाई पे्ररित गर्न सकौं । महिला वा पुरुष जे भए पनि उ अगाडि बढोस् र उसले कुनै न कुनै तरिकाले रुढीबादलाई तोड्न सक्ने सोच राखोस् ।’

सोनमले यही महिनाको ८ तारिखमा उनका प्रेमी आनन्द आहुजाका साथ विवाह गरेकी थिइन् । उनको फिल्म ‘वीरे दी वेडीङ’ मा बोल्ड सीन तथा गालीमिश्रित सम्बादहरु धेरै छन् । प्रमोशनको एक कार्यक्रममा यही प्रश्न उठ्दा सोनमले भनिन्, ‘मेरो माइती र घरको परिवारलाई मेरो यस किसिमको चरित्रप्रति कुनै समस्या छैन । यो मेरो काम हो र यसमा मलाई कुनै संकोच छैन । मेरो घरबाट मैले राम्रो प्रतिक्रिया पाएकी छु । फिल्मको ट्रेलर हेरेर आनन्दको परिवारले मेरो प्रशंसा गरेका थिए ।’

करीनाको लुगा देखेर सैफ रिसाए 

अर्की अभिनेत्री करीना कपूर खानले यसै फिल्मको प्रमोशनको एक कार्यक्रममा आफूले फिल्ममा लगाएको लुगा देखेर उनका पति रिसाएको बताएकी छिन् । करीनाले लगाएको लुगा देखेर करीनाका पति तथा अभिनेता सैफ अलि खानले करिनालाई अर्को लुगा लगाउन भनेका थिए । यस कुराको खुलासा स्वयम करीनाले गरेकी हुन ।

करीनाले भनिन, ‘सैफले मेरो लुगा देखेर भने ‘यो कस्तो लगाएको ? तिमी भित्र गएर अर्को लुगा लगाएर आउ ।’ तर पछि करीनाले त्यही लुगा लगाएर गएको कार्यक्रमका फोटाहरु देखाउँदा सैफले राम्रो देखिएको प्रतिक्रिया दिएका थिए । फिल्म ‘वीरे दी वेडीङ’ महिलाहरुलाई ध्यानमा राखेर बनाइएको फिल्म हो । यसमा चार जना साथीहरुले गर्ने रमाईलो र उनीहरुको जीवनमा घट्ने घटनाहरुलाई देखाइएको छ ।  यो फिल्म २०१८ को जून १ मा प्रदर्शन हुनेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्