प्रदेश ५

सर्वोदय पुस्तकालयमा अक्षयकोष बृद्धि

By थाहा अनलाइन

May 30, 2018

झण्डै पौने लाखको स्वघोषणा

सैघाली खबर दाङ , १६ जेठ । सर्वाेदय पुस्तकालय तथा वाचनालयको अक्षयकोष बृद्धि गरी १५ लाख पु¥याएको छ । यस अघि स्थापित कोषलाई बृद्धि गरी १५ लाख पु¥याएको हो ।

पुस्तकालय सञ्चालन सहयोग समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जसका लागि वैठकमै केही रकम स्वघोषणा गरिएको छ भने वाँकी रकम थप गर्न पहल गर्ने निर्णय गरिएको छ । जसको ब्याज रकम पुस्तकालय सञ्चालनका लागि खर्च गरिने छ ।

वैठकमा पुस्तकालय सञ्चालक समितिका अध्यक्ष शुशिल गौतमले २५ हजार, उपाध्यक्ष चन्द्रराज पन्तले १५ हजार ५ सय ५५, सहयोग समिति सदस्य जीवन गौतमले १० हजार, सचिव सुदिप गौतमले ९ हजार ९ सय ९९ रुपैयाँ , पूर्र्व अध्यक्ष पुरुषोत्तम खनालले ५ हजार ५ सय ५५, सदस्य शम्भु गौतमले ५ हजार ५ सय ५५, कोषाध्यक्ष नुमानन्द आचार्यले ५ हजार ५ सय ५५ र सहयोग समिति सदस्य नरेन्द्र केसीले २ हजार ५ सय २५ रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ ।

बैठकका घोराही उपमहानगरपाकिा वडा नंं १५ का अध्यक्ष रमेश पाण्डेले पनि सर्वाेदय पुस्तकालय विकास र संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बैठकले पुस्तकालयको अगाडीको जग्गामा टहरा निर्माण गरी भाडाँमा क्याफे सञ्चालन गर्ने दिने निर्णय गरेको छ । जसका लागि सचिव सुदिप गौतमको संयोजकत्वमा नारायण भुषाल र नुमानन्द आचार्य सदस्य रहेको समिति गठन गरेको छ ।

पुस्तकालय पछाडीको खाली जग्गामा ई– लाइब्रेरी सञ्चालन गर्न ट्रष्ट निर्माणका लागि घोराही उपमहानगरपालिका संग माग गर्ने निर्णय गरिएको छ । बैठक सर्वाेदय पुस्तकालय सञ्चालक समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा बसेको थियो ।