प्रदेश ५ मा मेयरको तलव ४० हजार, गाउँपालिका प्रमुखको ३० हजार ।।



सैघाली खबर/बुटवल, १६ जेठ।
प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी बिधेयक पारित भएको छ । विधेयक पारित भएपछि स्थानीय तहका जनप्रतिनिधिहरुका लागि सेवा र सुबिधा पाउने बाटो खुलेको छ । प्रदेशसभा ५ को दोश्रो अधिबेशन अन्तर्गत बुधबार बसेको चौथो बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी परिमार्जित बिधेयक पारित गरेको हो ।

पारित भएको विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलब भत्ता ४१ हजार रुपैयाँ, उपप्रमुखको ३६ हजार रुपैयाँ र सदस्यको १६ हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुखको ४० हजार रुपैया, उपप्रमुखको ३५ हजार रुपैयाँ, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार रुपैयाँ र वडा सदस्यको ९ हजार रुपैयाँ रहने व्यवस्था छ ।

त्यस्तै नगरपालिकाको प्रमुखको मासिक ३५ हजार रुपैयाँ, उपप्रमुखको ३० हजार रुपैयाँ, वडा अध्यक्षको २५ हजार रुपैयाँ, कार्यपालिका सदस्यको १३ हजार रुपैयाँ, सदस्यको ८ हजार रुपैयाँ र गाउँपालिकाका अध्यक्षको मासिक ३० हजार रुपैयाँ, उपाध्यक्षको २७ हजार रुपैयाँ, वडा अध्यक्षको २० हजार रुपैयाँ, कार्यपालिका सदस्यको १२ हजार रुपैयाँ र सदस्यको ७ हजार रुपैयाँ हुनेभएको छ । मासिक तलव ९ भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ताको व्यवस्था हुने छ । बुधबारको बैठकले प्रदेसभा नियमाबली २०७४ संसोधन स्वीकृत गरेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्