कुराकानी

अहिले बज्ने तिजका गित, गितै होईनन् : ईन्द्रमान महर्जन ।। (भिडियो)

By थाहा अनलाइन

May 30, 2018

सैघाली खबर/काठमाण्डौँ, जेठ। आजभोलि गाईने तीजका गित गितै नभएको बताउछन् ईन्द्रमान महर्जन । जटाधारी नृत्य, नाट्य कला केन्द्र क्षेत्रपाटी शाखाको उपाध्यक्ष्य समेत रहेका महर्जनले नेपालमा पश्चिमि सस्कृती मौलाउदै गएकाले हिजो आजको तीज गितमा मौलिक पन हराउदै गएको बताएका छन् । उनि भन्छन्, ‘पहिलेको तीज गितमा गाउँ, शहर, टोल नै थर्किने गरि लोक बाजाँहरुको प्रयोग हुन्थ्यो, हिजोआज त तीज गितहरुमा नेपाली बाजाँहरुको प्रयोग हुनै छाड्यो ।’

उनले अगाडि थपे, ‘तीज गित भनेपछि सबैको मन बहकाउने, आखाँ रसाउने, बेदनाहरु पोख्ने हुनुपर्छ, तर हामिलाई पश्चिमि सस्कृतीले बिगार्यो, पुराना सबै कुराहरु हराउदै गए ।’ महर्जनले नेपालमा बोलिने भाषा र सस्कृती खतरामा पर्दै गएको प्रति चिन्ता पनि ब्यक्त गरे । उनि भन्छन्, ‘नेपालको भाषा सस्कृती खतरामा पर्ने संकेत देखे, त्यसैलाई जोगाउन लागि परेको छु ।’ अहिले आफु लगाएत नृत्य, नाट्य कला केन्द्रका ब्यक्तिहरु मिलेर यूवाहरुलाई प्रशिक्षण दिईरहेको पनि महर्जनले बताए ।।