खेलकुद

रोयल र ब्लास्टर दाङ क्रीकेट लिगको उपाधी होडमा

By थाहा अनलाइन

May 30, 2018

लक्ष्मण बस्नेत दाङ १६ जेठ । दाङ क्रीकेट लिग डिसिएलको उपाधिका लागि डिलाईट रोयल तुलसिपुर र घोराही ब्लास्टर भिड्ने भएका छ्न । दंगाली युथ क्लबको आयोजनामा बुधबार सम्पन्न प्रतियोगिताको सिमिफाईनल खेलमा गढवा लाईन्सलाई २ विकेट ले पराजित गर्दै रोयल तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै लमही किङसलाई १६ रनको अन्तरले पराजित गर्दै घोराही ब्लास्टरले फाईनलमा रोयल तुलसिपुर सगको भेट पक्का गरेको हो । दाङ क्रीकेट लिगमा सशक्त र सानदार प्रदर्शन गर्दै आएका दुबै टिमको उपाधी भिडन्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । फाईनल भिडन्त अरनिको खेल मैदान तुलसिपुरमा १८ गते शुक्रबार बिहान ९ बजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा उपाधी हात पार्ने टिमले ४० हजार

नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेले २० हजार नगद सहित मेडल तथा प्रमाणपत्र हात पार्नेछन । यसैबीच आयोजक दगाली युथ क्लबका अध्यक्ष कमल डागिले प्रतियोगिताको फाईनल तथा समापन समारोहमा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी उधोगी, ब्यबसायी,सघ सस्था,पत्रकार लगाएत आमसर्वसाधारणमा आह्वान समेत गरेको छ ।