११जनाको परीवार मध्य ८जनाले आखा देख्दैन वली को घर मा बिद्युत पुग्दै भिडियो सहितहेर्नहोस



सैघाली खबर
दाङ,१६ जेठ ।तुलसीपुर उपमहानगरपालिका ३ खमारीका दृष्ट्रिविहीन चन्द्रवीर वलीको घरमा विद्युत पु¥याईने भएको छ । बिभिन्न संघ,संस्था व्यक्तिहरुको सहयोगबाट उठेको रकमले चन्द«वीरको घर सम्म विद्युत विस्तार गर्न थालिएको विद्युत विस्तार अभियानका संयोजक यादव सैघालीले जानकारी दिनुभयो ।

विद्युत अभाब हुदा दृष्टिविहीन चन्द्रवीरको परिवार मोवाईल चार्ज गर्न दुईघण्टा पैदलयात्रा गरी घर भन्दा टाढा जानुपर्ने बाध्यता थियो । घरमा सोलार भएपनि अहिले त्यसले काम नगर्दा आफन्त ईष्टमीत्रसंग सम्पर्क गर्न समेत निकै मुस्किल हुने गरेको चन्द्रवीरका लोकराज वलीले वताउँनुभयो ।


‘म आफै आखाँ देख्दैन मोवाईल चार्ज गर्नमात्र हातले छामछुम गर्दै गाउँ भन्दाटाढा पुग्नुपर्ने वाध्यता छ ’लोकराजले भन्नुभयो । घर नजिकका ६५ घर परिवारले विद्युत बालेका तर हाम्रो घर अन्धकार छ उहाँले भन्नुभयो । अहिले सम्म टुकीकै भरपर्दै आँयौ घर उज्यालो बनाउँन सोलार थियो त्यसलेकाम गर्ने अबस्थामा छैन भन्नुभयो ।

चन्द्रवीरको घरसम्म विद्युत पु¥र्याउन घोराही उपमहानगरपालिका १० नारायणपुर हाल कतारमा गोल्डेन फिङ्गर कम्पनी संचालन गर्दै आउँनु भएका मलबहादुर डाँगी ‘मिलन’ले २० हजार, गौरीशंकर ओभरसिज प्रा.लि.का संचालक निमा सैघालीले १० हजार, तुलसीपुरका व्यापारी डेमलाल भण्डारीले ५ हजार,तुलसीपुर घरभई हाल काठमाण्डौमा लिडर म्यानपावर ओभरसिज संचालक कमल डाँगीले ५ हजार रुपैयाँ विद्युत विस्तारका लागि आर्थिक सहयोग गरेको अभियानका संयोजक सैघालीले जानकारी दिनुभयो ।


बिभिन्न संघ,संस्थासंग रकम उठ्ने क्रम जारी रहेको वताउँदै एक महिना भित्र विद्युत चन्द«वीरको घरमा जडान गरिने उहाँले वताउँनुभयो । यसका साथै एक बर्षका वली परिवारलाई आबश्यक पर्नै खाद्यान समेत उपलव्ध गराउँने संयोजक सैघालीले जानकारी दिनुभयो ।

वलीको घर सम्म विद्युत पु¥र्याउँन करिव १ लाख रुपैयाँ लाग्ने छ । सहयोगका लागि विद्युत प्राधिकरण, घोराही उपमहानगरपालिका तुलसीपुर उपमहानगरपालिका सहकार्य गरिने उहाँले वताउँनुभयो । यस्तै वली परिवारका लागि सैघाली खबरले खद्यान सहयोग गरेको छ । सैघाली खबर संचालक यादव सैघालीले दाल,चामल,नुन तेल प्रदान गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्