दाङ १६ जेठ ।
बिद्युत सर्टहुदा तुलसीपुरको एक पसलमा आगलागी भएको छ । तुलसीपुर ९ दोघरेमा रहेको दोघरे सिरक डसना उद्योगमा आगलागी भएको हो । बुघबार दिउसो साढे ६ बजे देखी भएको आगलागीबाट करिब ४० लाख क्षति भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । नुवाकोट घर भएका राजु तामाङले सञ्चालनमा ल्याएको उक्त सिरक उद्योग सञ्चालनमा ल्याएका थिए ।
सिरक उद्योगमा लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, तुलसीपुर उपमहानगरपालिकाको जेसिबी आगो नियणत्रणका प्रयोग गरिएको थियो ।
तर अझै पनि आगो नियाणत्रणमा आउन नसकेको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । सापकोटाका अनुसार नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपालीसेनालगायत स्थानीयहरुले आगो नियणत्रणमा लिने प्रयास गरिरहेका छन् ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।