सैघाली खबर
काठमाण्डौं,१७ जेठ
वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने गरी अर्थ मन्त्रीले बजेट ल्याएका छन्। अर्थमन्त्री युवराज खतिवडाले स्वदेशमै अवस सिर्जना गरी वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैया बजेट विनियोजन गरेको बताए।
व्यवसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार र तीनै तहका सरकारका सार्वजनिक निर्माणका क्षेत्रलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडेको भन्ने खबर कान्तिपुर दैनिकमा छ। सार्वजनिक विकास निर्माणका कार्यमा सिर्जना हुने श्रम क्षेत्रमा न्युनतम रोजगारी प्रत्याभूति गर्न संसदको चालु अधिवेशनमै रोजगारी प्रत्याभूति विधेयक पेस गर्ने खतिवडाले बताए।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।